सानिमाको ४१ औं शाखा विदुरमा
मंसिर ११ । सानिमा बैंकले आफ्नो ४१ औ शाखा नुवाकोटको विदुर नगरपालिकामा स्थापना गरेको छ ।
बैंकका चिफ फाइनान्सियल अफिसर सरोज गुरागाईका अनुसार सानिमाले आफ्नो शाखा विस्तारलाई अभियानकै रुपमा अघि बढाएको छ । आउँदो तीन महिनाभित्रमा कर्णाली अञ्चलमा पनि शाखा खोल्ने तयारी सानिमाको छ । कालिकोटमा शाखा खुलेपछि १४ अञ्चलमै सानिमाको उपस्थिति रहनेछ ।
४१ शाखा उद्घाटनका लागि सानिमा बैंकका ‘ब्रान्ड एम्बेसडर’ मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य शुक्रबार बिदुर पुगेका थिए । मह जोडी र बैंकका अध्यक्ष विनय श्रेष्ठले शाखा उद्घाटन संयुक्त रुपमा गरे ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले वित्तीय सेवाको पहुँचले स्थानीय जनताको क्षमता अभिवृद्धिमा सघाउ पुग्ने बताए ।