अर्थ

किसानले भैँसी सुत्केरी भत्ता पाएनन्

किसानले भैँसी सुत्केरी भत्ता पाएनन्
buffalo मंसिर ११ । नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् । सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई भँैसी सुत्केरी भत्ता दिने घोषणा गरेको भए पनि बैतडीका कुनै पनि कृषकले भैँसीको बिमा नगराउँदा भँैसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका हुन् । यस जिल्लामा थुप्रै भैँसीपालक किसान रहेपनि अहिलेसम्म कसैले पनि बिमा गराएका छैनन् । नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले भैँसीको पशु बिमा गराएका किसानलाई सुत्केरी भत्तावापत प्रतिभैँसी रु दुई हजार ५०० उपलब्ध गराउने गरेको छ । किसानले पशु बिमा गर्दा २५ प्रतिशत रकम मात्र तिर्नुपर्ने र अरु ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्ने व्यवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले बताए । “किसानलाई पटकपटक पशु बिमाका लागि आग्रह ग¥यौँ तर पनि अहिलेसम्म जिल्लाका एउटा पनि किसानले पशु बिमा गराएका छैनन्” उनले बताए । किसानले भैँसीको एक रु लाखसम्मको बिमा गरेको छ र भँैसीको कारणवस मृत्यु भयो भने बिमा कम्पनीले ९० हजार दिने प्रावधान छ । भँैसी सुत्केरी भत्ता पाउनका लागि भैँसी ब्याएको दुई महिनाभित्र निवेदन दिनुपर्ने, सम्बन्धित पशु सेवा केन्द्रको सिफारिस हुनुपर्ने र पशु बिमा गरिएको हुनुपर्ने प्रावधान छ । तर बैतडीमा कुनै पनि किसानले भैँसीको बिमा नगरेकाले किसानले भँैसी सुत्केरी भत्ता नपाएको समेत डा नवीन घिमिरेले जानकारी दिए । जिल्लाका धेरै किसान पशु बिमाको बारेमा अझै पनि अनविज्ञ रहेका छन् । जनचेतनाको अभाव र बिमाको पूरा प्रक्रियाको बारेमा थाहा नभएका कारण अहिलेसम्म बिमा नगराएको श्रीकोटका किसान हेमराज गिरीले बताए । उनले किसानलाई बिमाको प्रक्रियाबारे थाहा नभएको बताए । सरकारले पशु बिमामा ७५ प्रतिशत अनुदान दिएको भए पनि किसानको यसतर्फ आकर्षण नहुँदा बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट भँैसीको मासुको मूल्यमा तराईलगायत राजधानीतिर निकासी हुने गरेको स्थानीय किसानको भनाइ छ । भँैसीमा विभिन्न किसिमका रोगको संक्रमण हुनु, खरघाँसको पर्याप्त व्यवस्था नहुनु र भैँसीमा बाँझोपनको समस्या हुनुलगायतका कारणले भँैसी निकासी बढेको स्थानीय भैँसीपालक किसानको भनाइ रहेको छ । भँैसीहरु निकासी हुन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा भँैसी लोप हँुदै गएका छन् ।

buffalo

विशेष