अपराध सुरक्षा

यात्रुको लगेजमा हुचिल भेटिएपछि...

यात्रुको लगेजमा हुचिल भेटिएपछि...

huchil मंसिर १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरलाइन्सको उडानद्वारा प्रस्थान हुन लागेका दुइजना यात्रुको लगेज (सुटकेस) जाँच्दा ६ वटा चरा भेटिएका छन्।

राहदानी नम्बर ०१०९५१८५ बाहक कतारी नागरिक फैसल महमद र भारत घर भई काठमाडौं महानगरपालिका–३१ बागबजार बस्ने ३० वर्षीय महमद सुलेमानलाई सुटकेशमा लुकाई छिपाई लैजान लागेको अवस्थामा हुचिल जस्तो देखिने ६ वटा चरा सहित प्रहरीले पक्राउ गरेको हो ।

ति चराहरू दुर्लभ र बहुमूल्य पर्ने भएका कारण तस्करी गर्न लागिएको हुनसक्ने प्रहरीको अनुमान छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नागरिक दैनिक

Huchil

विशेष