यौन-शिक्षा

क्यामरा अगाडि सेक्स गर्नुहोस्, पुरस्कार स्वरुप ४ सय पाउण्ड पाउनुहोस्

क्यामरा अगाडि सेक्स गर्नुहोस्, पुरस्कार स्वरुप ४ सय पाउण्ड पाउनुहोस्

बेलायतको कोवेन्ट्री युनिभर्सिटीले क्यामराको अगाडि सेक्स गर्ने जोडीलाई पुरस्कार स्वरुप ४ सय पाउण्ड नगद दिने घोषणा गरेको छ । तर यसरी सेक्स गर्ने महिला तथा पुरुषको उमेर १८ देखि २५ वर्ष उमेरभित्रको हुनुपर्नेछ ।

विश्वविद्यालयले सुरक्षित सहवासलाई प्रवर्द्धन गर्नका लागि एउटा अभियान चलाएको छ । उक्त अभियानका लागि विश्वविद्यालय यस्ता मानिसहरुको खोजीमा छ जो आफ्नो पार्टनरसँग क्यामराको अगाडि सेक्स गर्न सक्दछन् । यो अभियानलाई परिवर्तनको मौका नाम दिइएको छ ।

यसरी खिचिएका भिडियोहरुमार्फत सुरक्षित यौन सम्पर्कका विषयमा चेतना जगाउने लक्ष्य विश्वविद्यालयको छ । खासगरी १५ देखि २४ वर्षसम्मका युवायुवतीहरुमा कण्डमको प्रयोग गरी सेक्स गर्ने दर बढाउने लक्ष्य उसको छ ।

विशेष