अर्थ

बल्ल खुल्यो अलैंचीको कारोबार

बल्ल खुल्यो अलैंचीको कारोबार
मंसिर १३ । भारतले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि ठप्प भएको नेपाली अलैंचीको कारोबार आइबारबाट सुरु भएको छ । बजार खुलेको पहिलो दिन ५४ हजारले कारोबार भएको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताएको खबर कान्तिपुरमा छापिएको छ । भारतको बजार खुलेपछि नेपाली बजार पनि खुलाईएको तर पूर्णरुपमा सहज भने भइ नसकेको उनले बताए । भारतीय बजार ठप्प भएपछि महासंघले कन्द्रीय कार्यालय भएको झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरी पैसा सटही सहज नभएसम्म कारोबार बन्द गर्ने जानकारी दिएको थियो ।

elaichi

विशेष