जल पर्यटनको प्रवद्र्धनका लागि हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ
मंसिर १३ । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि पोखरास्थित उपल्लो सेती नदीमा अन्तराष्ट्रियस्तरको हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ प्रतियोगिता सुरु भएको छ ।
नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा सुरु यो प्रतियोगिता पोखरामा भने पहिलोपटक आयोजना गरिएको नाराका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर दाहालले जानकारी दिए ।
नाराद्वारा यसअघि १४ वटा संस्करण भोटेकोसी र त्रिशूली नदीमा आयोजना गरिएपनि १५औँ संस्करण भने पोखरामा आयोजना गरिएको उनले बताए ।
१६ देशका ९२ जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा विदेशी राष्ट्रका ३७ जना रहेको र त्यसमध्ये अमेरिकाका प्रतियोगीको संख्या बढी रहेको अध्यक्ष दाहालले जानकारी दिए ।
उपल्लो सेती नदीको मर्दीघाटमा प्रतियोगिता गरिएको नाराका महासचिव शेखरबहादुर थापाले जानकारी दिए ।
नेपालमा जल पर्यटनको विकासका लागि यस किसिमका प्रतियोगिता उपयोगी बन्ने बताउँदै उहाँले प्रतियोगिताले जल पर्यटनका लागि विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्ने विश्वास लिइएको बताए ।
¥याफ्टिङ एवम् कायकिङका लागि विश्वका प्रमुख १० नदीमध्ये नेपालका तीनवटा नदी सुनकोसी पहिलो स्थानमा, कर्णाली पाँचौँ स्थानमा र भोटेकोसी सातौँ स्थानमा पर्ने अध्यक्ष दाहालले जानकारी दिए ।
प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
kayaking