अर्थ

हस्तकला पर्दशनीको चाैथाे दिन २ लाख अवलोकनकर्ता, १० करोड बढीको व्यापार

हस्तकला पर्दशनीको चाैथाे दिन २ लाख अवलोकनकर्ता, १० करोड बढीको व्यापार
pradashani-hastakal
मंसिर - १३ । १४ औ सार्क हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला व्यापार मेलाको चौथो दिन उलेख्य रुपमा अवलोकनकर्ता आएका छन् । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको मेला भोली मंगलबारसम्म चल्नेछ । उक्त प्रदर्शनीमा सार्क क्षेत्रका राष्ट्रहरूको सहभागिता रहेको छ । हस्तकलाको आन्तरिक बजार विस्तार, निर्यात व्यावस्थापन र सार्क क्षेत्रका मुलुकबीच हस्तकलाको माध्यमबाट संस्कृति आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी तथा व्यापार मेला आयोजना गरेको नेपाल हस्तकला महासंघका उपाध्यक्ष सुनिल चित्रकारले जानकारी दिए । उक्त पर्दशनीमा २ लाख अवलोकनकर्ता र १० करोडभन्दा बढीको व्यापार गर्ने लक्ष्य रहेको चित्रकार बताउछन । उनी भन्छन ‘अन्य वर्षभन्दा यो वर्ष धेरै फरक र नौलो तरिकाले पर्दशनी सञ्चालन गरेका छौ । यहाँ स्वयम उद्यमी र चित्रकारहरुले ग्राहकहरुसंग सम्र्पक हुने भएकाले पछिसम्म व्यापार विस्तार गर्न सहयोग हुन्छ ।’ [caption id="attachment_41263" align="alignleft" width="300"]sunil-chitrakar सुनिल चित्रकार[/caption] हस्तकला उत्पादन तथा डिजाइनमा नेपाल सार्कमा उत्कृष्ट रहेको चित्रकारले नेपाल आजलाई जानकारी दिए । हस्तकलाको निर्यात पनि बढिरहेको बताउँदैे मेटल, मूर्तिकला, चाँदीका गरगहना, हाडका गरगहना, पश्मिना, ऊनीका सामग्री उत्कृष्ट रहेको बताए । सरकारको सहयोग पाए यो भन्दा अझ धेरै गर्न सकिने उनले जानकारी दिए । हस्तकला लाखदेखि अर्बौंसम्मको लगानी गर्ने सकिने व्यवसाय भएकाले यस क्षेत्रमा निम्न वर्गकालाई रोजगारीको राम्रो अवसर भएको चित्रकार बताउँछन् । उनी भन्छन ‘नेपालमा उत्पादित सामग्री अमेरिका, युरोप, अस्ट्रेलियालगायतका मुलुकमा पुग्छ । हस्तकलाले नेपालको सस्कार, सस्कृती र पहिचानलाई विश्वभर नै चिनाएको छ । हस्तकला एउटा कला मात्र होइन नेपालको पहिचान हो, सस्कार हो । यसलाई सरकारले पनि सहयोग गर्नुपर्छ ।’ मेलामा जिल्ला संघ, वस्तुगत संघ र अन्यदेशका गरी १ सय ६४ वटा स्टल रहेको छ । मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान ऊनी तथा सुती, एवं ढाकाका सामान पश्मिना, हाते कागजका सामान, छालाजुत्ता, तथा छालाजन्य सामान प्राकृतिक रेशा र बाँसका सामग्री प्रर्दशनी तथा बिक्रीका लागि राखिएको छ । [caption id="attachment_41265" align="alignright" width="1800"]hastakal रासस[/caption]
मेलाको अवसरमा हस्तकला विधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले दसौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी, फेसन, गहना सप्ताह, डिजाइन प्रतियोगिता समेत गरिएको छ । प्रदर्शनी तथा व्यापार मेलाको आयोजना विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहयोगमा नेपाल हस्तकला महासंघ, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग मन्त्रालय तथा सार्क सांस्कृतिक केन्द्र, श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रदर्शनी तथा मेलालाई व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, अमेरीकी दूतावास, जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग, लघु उद्यम विकास कार्यक्रम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, फेडेक्स, सिभिल बैंक, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सहयोग गरेका छन् । मेला अवधिभर नेपाल हस्तकला महासंघले मौलिक कलाको संरक्षण र कलाको उत्थानका लागि भन्दै दसौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी समेत गरेको छ । महासंघका उपाध्यक्ष चित्रकारका अनुसार स्वदेशमा खपत र विदेश निर्यात गरी वार्षिक झन्डै २० अर्ब रुपैयाँको हाराहारीमा हस्तकलाका सामग्री उत्पादन हुने गर्दछ । – सागर बुढाथोकी

Hastakal Pradasani

विशेष