अपराध सुरक्षा समाज

तीन अमेरिकी नागरिक पर्वतमा प्रक्राउ

तीन अमेरिकी नागरिक पर्वतमा प्रक्राउ
मंसिर - १३  अनुमतीबिना ड्रोन क्यामेरा उडाएको आरोपमा पर्वतबाट तीन जना अमेरिकन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई सोमबार दिउँसो पर्वतको सदरमुकाम कुश्माबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा रोर्बट माइकलन केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन रहेका छन् । उनीहरुले अनुमतीबिना नेपालकै अग्लो झोलुङे पुल वरपर ड्रोन क्यामेरा उडाएका थिए । मोटरसाइकलमा मुस्ताङ्ग पुगेर फर्किएका उनीहरुले त्यस क्षेत्रको सम्बेदनशिल ठाउँमा ड्रोन क्यामेरा प्रयोग गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । ड्रोन क्यामरा उडाएको क्षेत्र सुरक्षाको हिसाबले सम्बेदनशील शसस्त्र प्रहरी बल चण्डिका गण नजिकै पर्छ । प्रहरीले ड्रोनबाट खिचेका सामाग्री नष्ट गर्न लगाएको छ । उनीहरुले ड्रोनबाट कुस्माबजार, नेपालकै अग्लो पुल र वरपरको भिडियो खिचिएको बताइन्छ । ड्रोन क्यामरा प्रहरीले नै नियन्त्रणमा राखेको छ ।

drone Prabat

विशेष