राजनीतिक अस्थिरताले पर्यटन व्यवसाय घाटामा


मंसिर – १३ । नेपालमा पछिल्लो समय पर्यटकको संख्या घट्नाले पर्यटन व्यवसाय घाटामा चलिरहेको एक जनाकारले बताएका छन् । राजनीतिक अस्थिरतका कारण पछिल्लो समय पर्यटन व्यवसाय घाटामा पुगेको उनीकाे भनाइ छ । पर्यटन व्यवसायी विनयकुमारका अनुसार लाखौँमा झरेको नेपालको पर्यटन व्यवसाय पछिल्लो समय हजारौँमा झरको हो । बन्द, हडताल, सिमांकन विवाद, सांसदविवाद र कहिले कुनै देशको राष्ट्रप्रमुख आउँदा विमानस्थल नै बन्द गरिदिने जस्ता क्रियाकलापले पर्यटन व्यवसायी ओझेलमा परेको उनले बताए । गौतमका अनुसार आजभन्दा पाँच वर्षअघि एक पर्यटकको दैनिक खर्च १०० डलर थियो जसमा ५० डलर रुम, ३० डलर विहान बेलुकी खाना र २० डलरको अन्य दैनिक खर्च हुन्थ्यो । अहिले भने दैनिक बजेट घटेर दिनको २० डलरमा पुगेको छ । यसको असर सिधैँ होटल व्यवसायी, रेस्टुरेन्ट सञ्चालक र अन्य सञ्चालकहरुलाई पर्ने गरेको उनको तर्क छ । हिमश्रंखलाको देश भएपनि नेपालमा अधिकांस पर्यटक नेपालका विभिन्न मठ मन्दिर, शहर घुम्ने उनले बताउँछन् । २०७२ सालको भूकम्प पछि पर्यटकको संख्या एकदम कम भएको उनकाे दाबी छ । Drive tourism Prayatan tourism