अपराध सुरक्षा

कृषी विकाश बैंकबाट ९८ तोला सुन चोरी

कृषी विकाश बैंकबाट ९८ तोला सुन चोरी
मंसिर - १३ । कृषी विकाश बैंकको बीरगन्ज शाखामा चोरी भएको छ । बैंकको लौकर फुटाएर चोरहरुले ९८ तोला सुन, ७ सय ४५ ग्राम चांदी चोरेको बैंकका क्षेत्रिय प्रबन्धक नरायण प्रसाद शर्माले बताए । बैंकको दोस्रोे तल्लामा पछाडीको बाटो बाट पसेर चोर समुहले दराजहरु खोली सुन र चाँदी निकालेको प्रारम्भिक अनुसंधानमा देखिएको जिल्ला प्रहरी प्रवक्ता चक्रराज जोशीले बताए । लांकरको साचोें खजाञ्ची, शाखा प्रवन्धक र क्षेत्रीय कार्यालय बीरगंजमा रहने गरेको छ । खजान्ची र शाखा प्रवन्धकसंग रहेको साँचो सुरक्षीत रहे पनि क्षेत्रीय कार्यालयमा हुनु पर्ने साँचो फेला नपरेको प्रहरीले जनायो । प्रहरीले बैंकको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सोधपुछकालागि नियन्त्रणमा लिएको छ ।

gold Krishi Bikash Bank

विशेष