अर्थ

भारत उत्तराखण्डका मुख्य मन्त्रीसँग नेपाल टेलिकमको सिम

भारत उत्तराखण्डका मुख्य मन्त्रीसँग नेपाल टेलिकमको सिम

harish-rawat

मंसिर १४ । नेपालसँग सीमा जोडिएका भारत उत्तराखण्डको चम्पावत र पिथौरागढ जिल्लाका करिब दर्जन ग्राम पञ्चायतका स्थानीय नेपाली सिम प्रयोग गर्छन् । ग्रामिण भेगमा भारतीय सञ्चारले काम नगर्ने हुनाले उनीहरु नेपाली सीम बोक्ने गर्छन् ।

उत्तराखण्डका मुख्य मन्त्री हरिश रावतले समेत नेपाली सिम बोकेका छन् । उनले भारतीय सेवाप्रदायक कम्पनीका साथै नेपाली सिमसमेत बोकेका हुन् । नेपाल–भारतको सीमा क्षेत्रमा वर्सेनि आयोजना हुने जौलबिजी मेलालाई सम्बोधन गर्न त्यस क्षेत्रमा आएका मुख्यमन्त्री रावतले आफूले नेपालीसँग सीम रहेको सार्वजनिक गरेका हुन् । –नयाँ पत्रिकाबाट

विशेष