ओटोमोबाइल

आँउदैछ सडकमा नचिप्लिने मोटरसाइकल (फोटोसहित)

आँउदैछ सडकमा नचिप्लिने मोटरसाइकल (फोटोसहित)

जर्मन अटो मेकर कम्पनी ‘बीएमडब्ल्यू’ ले नयाँ पुस्ताको मोटरबाइक निर्माणका लागि नयाँ सोच विकास गरेको छ ।

सामान्यतया मोटरसाइकल भन्नासाथ असुरक्षित सवारी साधन मानिन्छ । किनकि सामान्य लापरवाहीका कारण पनि ढल्ने भएका कारण यसबाट हुने दुर्घटनाले मानवीय क्षति बढाउँछ ।

bmw-motorrad2

तर ‘बीएमडब्ल्यू’ ले मोटरसाइकलमा रहेको यही कमजोरीलाई हटाउनेगरी आफ्नो योजना बनाएको छ । अर्थात् उसले नढल्नेखालको मोटरसाइकल बनाउने भएकोछ, जसले गर्दा मानवीय क्षतिको एउटा पाटोमा चिन्ता नै गर्नु नपरोस् ।

मोटरसाइकल दुर्घटनामा हुने अधिकांश मानवीय क्षति मोटसाइकल ढल्नाले हुने गर्दछ । तीब्र गतिको मोटरसाइकल ढल्दा त्यसमा सवार यात्रुको मृत्यु हुने वा अंगभंग हुने सम्भावना अत्यधिक हुन्छ । तर ‘बीएमडब्ल्यू’ ले तयार पारेको योजना अनुसार मोटरसाइकल तयार हुने हो भने त्यो मोटरसाइकल कुनै पनि हालतमा ढल्दैन ।

bmw-motorrad-3तीब्र गतिमा समेत उक्त बाइक नढल्ने कम्पनीको दाबी छ । उक्त बाइकको नाम ‘मोटोरेड भिजन १००’ राखिएको छ । कम्पनीका अनुसार यो बाइक न सडकमा चिप्लने छ, न ढल्ने छ ।

bmw-motorrad-6 यो बाइक कहिलेसम्म बजारमा उपलब्ध भइसक्ने हो भन्नेबारे प्रष्ट पारिएको छैन । तर कम्पनीले यो बाइकलाई आफ्नो महत्वाकांक्षी योजनाका रुपमा लिएको छ ।

विशेष