ओटोमोबाइल व्यापार अर्थ

फोक्सवागन कम्पनीको ‘टाइगुन’ गाडी बजारमा

फोक्सवागन कम्पनीको ‘टाइगुन’ गाडी बजारमा

विराटनगर । फोक्सवागन कम्पनीको टाइगुन गाडी बजारमा आएको छ । विराटनगर ६ मुनालपथस्थित पूजा इन्टरनेश्नल नेपाल प्रालिले फोक्सवागनको टाइगुन गाडी शुक्रबार एक समारोहको बिच बजारमा ल्याएको हो । 

जर्मन कम्पनीको अत्याधुनिक उपकरण जडान गरिएको टाइगुन गाडीमा टिएसआइ इन्जिन रहेको छ । हजार लिटर भएतापनि पन्ध्र सय सिसि भन्दा बढी पावर र टर्क रहेको छ । जुन १ सय १५ पिएसमा ५ हजार देखि ५ हजार ५ सयसम्म रहेको छ । १७८ न्युटन मिटरमा टर्क १७ सय ५० देखि ४ हजार ५ सयसम्म रहेको छ । फुल ग्याबनाइज बढी, पुसस्टार्ट बटन, सनरुफ, भेन्टिलेटेड सिट, एलइडी प्रोजेक्टर हेडल्याम्प, इन्फिनिटि टेल ल्याम्प, ६ वटा एयर ब्याग, एबीएस, इबिडि, इएसपी, मल्टीकोलिजन ब्रेकिङ्ग सिस्टमलगायत अन्य थुप्रै विशेषता रहेको कम्पनीको सिइओ बिवेक बिजुक्छेले जानकारी दिए । गाडी लन्च भएको अवसर पारेर विभिन्न छुटसहितको योजनाहरु ल्याएको उनले बताए । नयाँ गाडी लन्च कार्यक्रममा बोल्दै सिइओ बिजुक्छेले अन्र्राष्ट्रिय बजारमा सवारी साधनको मुल्य बृद्धि भइरहेको अवस्था भएपनि फोक्सवागन कम्पनीको टाइगुन गाडी पुरानै मुल्यमा बिक्री वितरण गरिनेछ । ‘नयाँ गाडी बजारमा ल्याएको अवसरमा हामीले विराटनगर क्षेत्रमा छुट योजना ल्याएको हो,’ सिइओ बिजुक्छेले भने, ‘यो अवधि सिमीत दिनको लागि हुनेछ ।’

फोक्सवागन कम्पनीको टाइगुन गाडी बजारमा तीन मोडलमा रहेको छ । जसको मुल्य फरक फरक रहेको कम्पनीले जनाएको छ । फोक्सवागन टाइगुन – कम्र्फोट लाइन, हाइलाइन र टपलाइन रहेको छ । जसको बजार मुल्य ५१ लाख ९० हजार, ६५ लाख ९० हजार र ७२ लाख ९० हजार रुपैयाँ रहेको छ । नयाँ बजारमा आएको टाइगुनको गाडीमा १ ला देखि तीन लाखसम्म विशेष छुट दिएर बजारमा ल्याएको हो । जुन सिमित अवधिको लागि हुने कम्पनीले जनाएको छ । कम्पनीले गाडी खरिद गरेपछि चार वर्षसम्म फ्रि सर्भिससहित सर्भिस पार्ट्सहरु पनि निःशुल्क दिने घोषणा गरेको छ । 
 

विशेष