अर्थ

घट्यो तेलको मूल्य

घट्यो तेलको मूल्य

oil मंसिर १४ । तेलको मूल्य सोमबार ओरालो लागेको छ । ठूला उत्पादकहरू भोलि हुने बैठकमा उत्पादन कटौतीको सहमतिमा पुग्न सक्नेप्रति आशंका बढेपछि मूल्य घटेको हो ।

ब्रेन्ट कच्चा तेलको मूल्य २ प्रतिशतसम्म घटेको थियो । पछि सुधार भई ३५ सेन्ट अर्थात् ०.७४ प्रतिशतले मात्रै ओरालो लागेर प्रतिब्यारेल ४६.८९ डलर कायम भएको छ । यसैगरी अमेरिकी तेलको मूल्य पनि ३८ सेन्ट अर्थात् ०.७८ प्रतिशतले घटेर प्रतिब्यारेल ४५.७० डलर कायम भएको छ ।

ओपेक र गैरओपक निर्यातकर्ताबीचको असहमतिका कारण शुक्रबार पनि मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको थियो । सन् २०१४ देखि अधिक आपूर्तिका कारण तेलको मूल्य आधाले घटिसकेको छ ।

उत्पादन कटौतीका बारेमा विस्तृत छलफल गर्न भोलि भियनामा तेल निर्यातकर्ताहरूको संगठन ओपेकको बैठक बस्दै छ । यसमा गैरओपेक मुलुक रूस पनि सहभागी हुने सम्भावना देखिएको छ ।

सोमबार हुने भनिएको ओपेक र गैरओपेक मुलुकबीचको बैठक साउदी अरबले सहभागिता जनाउन अस्वीकार गरेपछि रोकिएको थियो ।

Disel Oil Perol

विशेष