अर्थ

ट्याक्सी ड्राइभरका खातामा ९ हजार ८ सय करोड !

ट्याक्सी ड्राइभरका खातामा ९ हजार ८ सय करोड !

mobile13 मंसिर १४ । भारतको बरनालामा एक ट्याक्सी ड्राइभरका खातामा एकै दिनमा ९ हजार ८ सय ६ करोड भारतीय रुपैंया जम्मा भएको छ । भारतीय ट्याक्सी ड्राइभर बलविंदर सिंहको खातामा जब उक्त रकम जम्मा भएको म्यासेज उनको मोबाइलमा आयो तब उनको होस हवासै उड्यो ।

जब उक्त ड्राइभरले आफ्नो खाामा भएको रकम पासबुकमा इन्ट्रिगर्न गए तब बैंकका कर्मचारीले उक्त पासबुक आफ्नो साथ राखेका थिए । उक्त रकम उनको खाताबाट एकै दिनमा गाएब भएको थियो ।

त्यो पैसा कहाबाट र कसरी आयो भन्ने बारेमा उक्त बैकका म्यानेजले गल्ति भएर उनको खातामा रकम जम्मा भएको बताएको भारतिय संचार माध्यमले जनाएका छन् । भारतीय स्टेट बैंक अफ पटियालाका म्यानेजरले गल्ति भएको हामीबाटै हो र उक्त पैसा बैकले निकालेको दाबी गरेका छन् । तर उक्त पैसा कसले निकाल्यो भन्ने बारेमा भारतीय प्रहरीले छानविन गरिरहेको छ ।

taxi Taxi Driver

विशेष