अपराध सुरक्षा

बिजुली चोर पक्राउ

बिजुली चोर पक्राउ
chori मंसिर १४ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले आव २०७३÷७४ देखि यही मङ्सिरको दोस्रो हप्तासम्म तीन सय ५० विद्युत् चोरलाई पक्राउ गरी कारबाही गरेको छ । दोषीबाट करिब रु २७ लाख राजस्व समेत असुल भएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त अनुगमन टोलीले विद्युत् चोरी गर्नेलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताए । प्राधिकरण राजविराजका अनुसार विद्युत् चोरी गर्नेको साथबाट विद्युत्का विभिन्न उपकरण सामग्री समेत बरामद गरिएको छ । विद्युत् चुहावट नियन्त्रणका लागि जिल्लामा अभियान आज पनि जारी नै छ । प्राधिकरणले साउनदेखि मङ्सिरको दोस्रो सातासम्म करिब पाँच हजार घरधुरीमा लगाइएको विद्युत् हटाएको प्रमुख साहले जानकारी दिए । जिल्लामा हालसम्म ५३ हजार भन्दा बढी घरमा विद्युत् मिटर जडान गरिएको प्राधिकरणले जनाएको छ ।

bidhut chori garne pakrau

विशेष