महाकालीको पानी एकलौटी कब्जा गर्ने भारतको चाहना फागुनसम्ममा पूरा होला त ?
मंसिर १५ । नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर को मस्यौदालाई आगामी फागुन पहिलो साता सम्म अन्तिम रुप दिने सहमति भएको छ ।
दुई देशबीच मंगलबार काठमाडौंमा बसेको द्विपक्षीय परियोजना अनुगमन संयन्त्रको पहिलो बैठकले यस्तो निर्णय लिएको हो । ‘पञ्चेश्वर परियोजनाको डिपीआर मस्यौदालाई फेब्रेअरी मध्यसम्म अन्तिम रुप दिने सहमति गरेका छौं । बैठकमा नेपाली पक्षको नेतव्व गरेका परराष्ट्र सचिव शंकरदास बैरागीले भने । यद्यपि यस विषयमा राजनीतिक निर्णय हुन बाँकी छ ।
भारतले महाकालीको पानी लगभग आफूले कब्जा गर्ने गरी यसअघि नै पञ्चेश्वर परियोजनाको मस्यौदा नेपालललाई प्रस्ताव गरिसकेको छ । भारतको ऊ प्रस्तावलाई नेपालले स्व्ीकार गरे महाकानी नदीको ७८ प्रतिशत पानी भारतले र बाँकीमात्रै पानी नेपालले पाउनेछ । –अन्नपूर्ण पोस्टबाट