डेढ किलो कोकिनसहित दुई मलेसियन नागरिक पक्राउ

मंसिर – १५ । डेढ किलो लागुऔषध कोकिनसहित दुईजना मलेसियन नागरिकलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।
ब्यूरोको कोटेश्वरबाट खटिएको टोलीले १ किलो ५ सय ग्राम कोकिनसहित उनीहरुलाई काठमाडौंको चाक्सीबारीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मलेसियन नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजन रहेका छन् ।
उनीहरु बसिरहेको होटलमा उनीहरुको कोठा छानबिन गर्ने क्रममा ठूलो परिमाणमा कोकिन भेटिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Koteshowr
pakrao