यौन-शिक्षा

ट्रम्पपत्नी मेलानियाको नग्न तस्वीर हेर्दे गरेका मन्त्री पक्राउ

ट्रम्पपत्नी मेलानियाको नग्न तस्वीर हेर्दे गरेका मन्त्री पक्राउ

मंसिर २ । अमेरिकका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पकी सुन्दर पत्नी मेलानियाको नग्न तस्वीर हेर्दै गरेको अवस्थामा कर्नाटक राज्यका शिक्षामन्त्री तनवीर फसेका छन् ।

मन्त्रीले कर्नाटकस्थित टीपू जयन्तीको समयमा आफ्नो मोबाइलमा ट्रम्पकी तेस्रो पत्नी मेलानियाको नग्न तस्वीर हेर्दै गरेको भिडियो सार्वजनिक भएका छन् ।

melania-trump-300

मन्त्री तनवीर यही १० नोभेम्बरमा टीपू जयन्तीको अवसरमा कर्नाटकमा भइरहेको कार्यक्रममा भाग लिन गएका थिए । कार्यक्रममा मन्त्रीले मेलानियाको नग्न तस्वीर हेर्दै गरेको विषयलाई लिएर विपक्षी भाजपाका नेताले मन्त्रीको क्रियाकलाप प्रति आपत्ति जनाएका छन् ।

आफ्नो बचाउ गर्दै मन्त्री तनवीरले टीपू जयन्तीको उक्त कार्यक्रममा मोबाइलमार्फत अन्य कुराकै जानकारी लिइराखेको बताएका थिए । तर टिभी फुटेजमा भने मन्त्रीले ट्रम्प पत्नी मेलानियाको नग्न तस्वीर हेर्दै गरेको देखिएको थियो । विपक्षी दलका भाजपाका नेताले मन्त्रीले आफू फस्ने डरले नग्न फोटो हेर्दै गरेको कुरालाई बंग्याउन खोजेको समेत आरोप लगाए ।

एक प्रहरी अधिकारीले मन्त्रीले मेलानियाको १५ बर्ष अगाडि ट्रम्प पत्नी मेलानियाले मोडलिङ गरिरहेको समयताकाको हट र नग्न तस्वीर हेरेको बताएका छन् । मन्त्रीको मोबाइलमा रहेको व्हाट् एप्समा मेलानियाको उक्त नग्न फोटो आएको प्रहरीले बताए ।

यस घटनालाई लिएर मन्त्रीले आफ्नो बद्नाम गर्न खोजेको भन्दै आफ्नो भिडियो खिच्ने च्यानलमार्थि प्रहरीमा एफआरआइ दर्ता गरेका छन् ।

एजेन्सी

Melinia trump Trump

विशेष