अपराध सुरक्षा

३ करोड मूल्य बराबरको लागू औषध सहित २ मलेसियन नागरिक पक्राउ

३ करोड मूल्य बराबरको लागू औषध सहित २ मलेसियन नागरिक पक्राउ

pakrau मंसिर १६ । करिब ३ करोड मूल्य बराबरको डेढ किलो लागू औषध कोकिनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरोको टोलील भारतीय मुलकी मलेसियन नागरिक अलिस जोसेफ र मलेसियन नागरिक मागेन्त थिरन राजानलाई पक्राउ गरेको हो ।

मंगलबार इत्तिहाद एयरबाट काठमाडौं आएका जोसेफ एक्लै नेपाल आएपछि प्रहरीले निगरानी गरेको र अनुसन्धान पछि ल्याप टप ब्यागमा फल्स बटम बनाई लुकाएको अवस्थमा कोकिन बरामद गरेको प्रहरीले जनाएको छ । ठमेलको एक होटलमा बसेका राजानलाई कोकिन दिन लाग्दा उनीहरु रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एलिसले सो कोकिन ब्राजिलको साओ पाउलोबाट आबुधाबी हुदैं नेपाल ल्याएको प्रहरीले जनाएको छ ।  राजानले उक्त कोकिन म्याक्स नाम गरेको व्यक्तिलाई दिन हङकङ लैजाने तयारी गरेको ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दले जानकारी दिए ।

उनीहरुलाई मलेसियाबाट तारा नामक गरेकी महिलाले खटाएको र दुवै जना भरिया मात्र भएको पनि प्रहरीले जनाएको छ ।

cocin Malasiyan Nationality

विशेष