अर्थ

कम सुत्ने कामदारका कारण बेलायतमा ४० अर्बको क्षति

कम सुत्ने कामदारका कारण बेलायतमा ४० अर्बको क्षति

nindra मंसिर १६ । निद्रा नलाग्ने कामदारका कारण बेलायती अर्थतन्त्रले वार्षिक ४० अर्ब पाउन्डको क्षति बेहोर्नुपरेको देखिएको छ । कम निद्राका कारण उनीहरूमा मृत्युको जोखिम पनि त्यत्तिकै रहेको अध्ययनले देखाएको छ ।

थाकेका कामदार कम उत्पादनशील हुने गरेको तथा काममा पनि अनुपस्थित भएका आधारमा यो गणना गरिएको हो । ६२ हजार व्यक्तिबाट तथ्यांक संकलन गरेको अनुसन्धानमुलक संस्थाले आर्थिक वृद्धिमा १.८६ प्रतिशत बराबरको घाटा भएको जानकारी दिएको छ ।

यसको सबैभन्दा ठूलो असर स्वास्थ्यमा परेको छ । रातमा ६ घण्टाभन्दा कम सुत्ने व्यक्तिको मृत्युको सम्भावना ७ देखि ९ घण्टा सुत्नेको तुलनामा १३ प्रतिशत बढी हुने गरेको छ ।

थाकेका कामदारको बेलायतमा परेको प्रभाव अत्यन्त खराब रहेको अध्ययनले देखाएको छ । तर, यो विषयमा बेलायत अझै अमेरिका र जापानको तुलनामा राम्रो देखिएको छ । प्रतिवेदनले रोजगारदातालाई सुताइको महत्व प्रवद्र्धनका लागि आग्रह गरेको छ ।

प्रतिवेदनले कामदारलाई कामपछिको समयमा विद्युतीय सामग्री प्रयोग नगर्न पनि सल्लाह दिएको छ । निद्रा सुधारका लागि सधैं एकै समयमा उठ्न र कसरत गर्नका लागि सल्लाहसमेत दिइएको छ ।

“कम सुत्नाले अर्थात निद्रा अभावको प्रभाव व्यापक छ । कम निद्राले व्यक्तिको स्वास्थ्यमा मात्रै असर गर्दैन, यसले देशको अर्थतन्त्रमा पनि प्रभाव पार्छ”, एक जना अनुसन्धानकर्ता मार्को हाफनरले भने । सानो परिवर्तनले ठूलो भिन्नता ल्याउन सक्ने हाफनरले बताए ।

रातमा ६ घण्टाभन्दा कम सुत्ने अवस्थामा परिवर्तन गरेर ७ घण्टा मात्रै पु¥याउन सकियो भने पनि यसले बेलायती अर्थतन्त्रमा २४ अर्ब पाउन्ड थपिने उनको भनाइ छ ।

Nindra

विशेष