अपराध सुरक्षा

अपहरित घटना पाँच वर्षसम्म अझै रहस्यमय

अपहरित घटना पाँच वर्षसम्म अझै रहस्यमय
kidnap मंसिर - १६ । पाँच वर्षअघि अपहरित पाल्पा जिल्ला जल्पा गाविस–५ का किशोर न्यौपानेको घटना अझै सार्वजनिक हुन सकेको छैन । तानसेन नगरपालिका–३ बारुदखानमा बस्दै आएका किशोर न्यौपाने २०६८ साउन २२ गते साथीको घरमा जान निस्केका बेला अपहरणमा परेका हुन् । त्यसको दुईदिनपछि न्यौपानेका आमा नुनकुमारी न्यौपानेलाई छोराको फोनबाट रु एक करोड फिरौती मागेको न्यौपानेका बुबा रामप्रसाद न्यौपानेको भनाइ छ । छोराको खोजिका लागि राष्ट्रिय मानवअधिकार आयोगमा पुग्दा उजुरी दर्ता गर्न नमानेको बुबा रामप्रसाद न्यौपाने बताउँछन् । प्रहरी प्रमुखदेखि प्रधानमन्त्रीसँग भेटेर छोराको खोजी कार्यमा प्रभावकारी भूमिका निभाउन अनुरोध गरे तर पाँच वर्षसम्म पनि छोरा बारे कुनै जानकारी पाउन नसकेको उनले दुखेसाे पाेखे । “प्रहरीलाई दोषी किटानी जाहेरी गरेका व्यक्तिहरु अहिले खुल्लमखुला हिँडेका छन्”, आँखाबाट आँसु झार्दै उनले भने – “छोरा अपहरण गर्ने व्यक्तिहरु समाजमा देखे पनि प्रहरी प्रशासनले चासो नदेखाउँदा आफू अन्यायमा परेको हो ।”

kidnap

विशेष