अर्थ शेयर

नेप्से ७ दशमलव ८४ अंकले ओरालो

नेप्से ७ दशमलव ८४ अंकले ओरालो
nepse मंसिर – १६ । नेपाल स्टिक एक्सचेन्ज (नेप्से) ७ दशमलव ८४ अंकले तल झरको छ । कारोबारको अन्तिम दिन बिहीबार कारोबार सुरुको केही समय उक्लिएर १३ अंकले बढेको बजार अन्तिम समयमा आएर ७ दशमलव ८४ अंकले ओर्लिएको हो । बिहीबारको नेप्से परिसूचक १६ सय दशमलव ४९ अंकमा सिमित बनेको छ । विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूहका परिसूचक उकालो लाग्दा समग्र बजार भने उकालो लाग्न सकेन । १३८ कम्पनीको १६ लाख ५० हजार कित्ता सेयर एक अर्ब २० करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ८८ अंकले तल झरेको छ । कारोबार अवधिमा सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक ४२ दशमलव ६४ अंकले ओरालो लागको छ । होटेल समूहको ३७ दशमलव ६१, बिमा समूहको ३६ दशमलव ८९, बैंकिङ समूहको १० दशमलव ७१ र वित्त समूहको परिसूचक ५ दशमलव ०३ अंकले ओरालो लागेका छन् । विकास बैंक समूहको परिसूचक ९ दशमलव २९,उत्पादन तथा प्रशोधन ३ दशमलव ४९ र अन्य समूहको २ दशमलव ०३ अंकले उकालो लागेको छ ।

nepse share bajar

विशेष