अपराध सुरक्षा

रोजगारीमा लगाइदिन्छु भन्दै दुई दर्जन युवाबाट करोडौँ ठगी गर्ने पक्राउ

रोजगारीमा लगाइदिन्छु भन्दै दुई दर्जन युवाबाट करोडौँ ठगी गर्ने पक्राउ
arrest
मंसिर – १६ । विभिन्न व्यक्तिलाई रोजगारीमा लगाइदिन्छु भन्दै करोडौं रकम ठगी गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्युठान टोर्वाड गाविस ६ चिस्वाङका ३८ वर्षीय ईश्वरीप्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका कमलपोखरीबाट खटिएको टोलीले ठगीको आरोपमा पक्राउ गरेको हो । पोखरेलले सन्दीप दर्नाल, भिमबहादुर दर्जी, शान्ती राई समेत २३ जनालाई इजरायल पठाउने भनी १ करोड ५ लाख लिएका थिए । त्यस्तै, सुदीपराज पन्तलाई दक्षिण कोरिया पठाउने भनी ३ लाख असुलेका थिए भने रोजन लामालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भनी २ लाख ५० हजार लिई सम्पर्कविहीन भएका थिए । पोखरेल भारतको लखनउमा बस्दै आएको भन्ने पीडितबाट आएको जानकारीका आधारमा महानगरीय अपराध महाशाखाको विशेष टोलीले खोजतलास पछि अभियुक्त पोखरेललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पोखरेलविरुद्ध २०६७ सालमा नबिल बैंक र किष्ट बैंकलाई ठगी गरेको मुद्दामा अदालतबाट २ वर्ष कैद र २ लाख २९ हजार रुपैयाँ जरीवाना फैसला भएको थियो । त्यस्तै २०७२ मा बाँके जिल्ला अदालतमा पोखरेलविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो । विभिन्न बेरोजगार युवायुवतीलाई प्रलोभनमा पारी ठगी गरेको र हाल भारत लखनउमा बस्दै मोटरपार्टस सप्लायर्स सम्बन्धी काममा संलग्न रहेको लगायतका कुराहरु प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ । अभियुक्त पोखरेलले धेरै व्यक्तिहरुबाट करोडौ ठगी गरी अहिले अमेरीका जानको लागि प्रकृया गरिरहेका थिए ।

Arrest baideshi rojbar thagi Thagi

विशेष