अपराध सुरक्षा स्वास्थ्य

बिएन्डबी र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालविरुद्ध मुद्दा

बिएन्डबी र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालविरुद्ध मुद्दा
bb-grande-hospital
मंसिर–१६ । उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र लापरवाहीविरुद्ध पीडितले दुई अस्पतालविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् । पीडितले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा, काठमाडौँ र बिएन्डबी अस्पताल, ग्वार्काे, ललितपुरविरुद्ध बिहीबार मुद्दा दायर गरेका हुन् ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष ज्योति बानियाँले ग्रान्डीका चिकित्सकको लापरबाहीबाट एक महिनाअघि निधन भएका सुदीप विष्ट र बिएन्डबीमा दुई वर्षअघि चिकित्सकको हेलचक्र्याइँले थला परेकी इन्द्रकुमारी राईको परिवारले मुद्दा दायर गरिएको जानकारी दिएन् । मञ्चका महासचिव बाबुराम हुमागार्इँले निजी अस्पतालले पैसा कमाउने नाममा उपभोक्तालाई ठग्ने गरेको आरोप लगाउँदै विष्टको परिवारले रु १० करोड र राईको परिवारले रु एक करोड क्षतिपूर्ति माग गर्दै जिप्रका काठमाडौँ र ललितपुरमा मुद्दा दायर गरेका हुन् । मञ्चले हालसम्म लापरबाही र ठगी मुद्दामा एक सय २० भन्दा बढी मुद्दा दायर गरिसकेको छ ।

b&b hospital grande hospital

विशेष