अपराध सुरक्षा

२५ वर्षदेखि नक्कली ‘कर्मचारी’

२५ वर्षदेखि नक्कली ‘कर्मचारी’

मंसिर १७ । जनकपुरस्थित मालपोत कार्यालय धनुषामा एक व्यक्ति नक्कली कर्मचारी बनेर सर्वसाधारणलाई ठग्दै आएको रहस्य खुलेको छ ।

कार्यालयको तामेली फाँटमा बस्ने गरेका कृष्ण श्रेष्ठ २५ वर्ष भन्दा बढी समय कर्मचारी बनेर सेवाग्राहीसँग घुस लिँदै कार्यालयका कागजात हेर फेर गर्ने काम गर्दै आएका छन् ।

श्रेष्ठ सरकारी कर्मचारी होइनन् भन्ने अन्य कर्मचारीलाई जानकारी भए पनि कसैले उनको विरोध गरेका छैनन् । नक्कली कर्मचारी श्रेष्ठले काम गरिदिएवापत सेवाग्राहीसँग लामो समयदेखि हजारौं रुपैया घुस लिने गरेको सेवाग्राही बताउँछन् ।

Thagi

विशेष