मर्निङवाक निस्केकी किशोरी बलात्कृत

मंसिर – १७ । नेपाली सेनामा भर्ति हुनका लागि शारीरिक व्याम गर्न मर्निङवाक निस्केकी एक किशोरीलाई अज्ञात समूहले शुक्रबार बलात्कार गरेका छन् ।
गुलरिया—७ कोटहि मन्दिरनजिक सडकमा हिंड्दै गरेको बेला नियन्त्रणमा लिएर अडहर बारीमा उनीमाथि बलात्कार भएको हो ।
नियन्त्रणमा लिएर ज्यान मार्ने धम्की दिँदै तीन युवकले पालैपालो बलात्कार गरेको पीडितको भनाइ छ । पीडितको वयान र हुलियाको आधारमा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी जनाएको छ ।
Gulariya
Rape