अर्थ

कुलमानलाई अप्ठ्यारो पार्न खोज्ने प्राधिकरणका अध्यारो बिक्रेताहरुलाई कारबाही हुने

कुलमानलाई अप्ठ्यारो पार्न खोज्ने प्राधिकरणका अध्यारो बिक्रेताहरुलाई कारबाही हुने

मंसिर–१७ । नेपाल विद्युत् प्राधिकरणका तीन सञ्चालकविरुद्ध उर्जा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ । उर्जा सचिव अनुपकुमार उपाध्यायका अनुसार प्राधिकारणका सञ्चालक लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

चित्तबुझ्दो जवाफ नदिएमा उनीहरुलाई मन्त्रालयले हटाउन सक्नेछ । यसअघि उर्जामन्त्री जनार्दन शर्माले उनीहरुलाई तुरुन्त स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन सचिव उपाध्यायालाई निर्देशन दिएका थिए । शर्माले सचिव उपाध्यायासहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए । – नागरिक दैनिकबाट

विशेष