यौन-शिक्षा

किसोरकिसोरीलाई सघन यौनिकता शिक्षा प्रदान

किसोरकिसोरीलाई सघन यौनिकता शिक्षा प्रदान
sex-educatonमंसिर – १८, परासी । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले १० जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) एक तालिममा मार्फत सघन यौनिकता शिक्षा प्रदान गरेको छ । किसोरकिसोरी तथा युवयुवतीहरुलाई वृहत यौनिकता शिक्षा अति आवश्यक रहेको हुनाले साथी शिक्षकहरु माफर्त छरिएर रहेका युवाहरुलाई यौनिकता शिक्षाको विषयमा परामर्श गर्ने उद्देश्यले सो सघन यौनिकता शिक्षा प्रदान गरिएको हो । संघद्वारा आफनै भवनमा संचालित तिन दिने तालिममा शाखा अन्तर्गत नयाँ बेल्हानी, रमपुरवा र सुनवल स्थित सामुदायिक क्लिनीकबाट गरि १० जना पियर एजुकेटरहरुलाई यौनिकता शिक्षा प्रदान गरिएको थियो । तालिममा नेपाल परिवार नियोजन संघबाट प्रदान गरिदै आइएको नियमित महिला स्वास्थ्य परिक्षण, एचआईभी एडस् परिक्षण, गर्भवती तथा सुतकेरी चेकजाँज, परिवार नियोजन संघका अस्थायी साधन, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, सबै समुदायमा एफपान सेवाको पहुंच, किसोर किसोरी तथा युवायुवतीलाई प्रवद्र्धन गर्ने लगायतका सेवाहरुको बारेमा जानकारी दिइएको संघका सुपरभाईजर राजेश शाक्यले बताए ।
- रबिन्द्र यादव । नवलपरासी

किसोरकिसोरी यौन शिक्षा

विशेष