अपराध सुरक्षा

तस्करी भइरहेको १० किलो सुन बरामद

तस्करी भइरहेको १० किलो सुन बरामद
goldमंसिर - १८ । प्रहरीले बौद्धको फुलबारी क्षेत्रबाट तस्करी भइरहेको १० किलो सुन बरामद गरेको छ । गएराति गस्तीमा रहेको प्रहरी देख्नासाथ मोटरसाइकलमा सवार दुई व्यक्ति मोटरसाइकल छोडी भागेपछि जाँच गर्दा सो सुन बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए। बा ५५ प १७७२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलको भित्रि भागमा लुकाइराखेको अवस्थामा सो सुन भेटिएको हो । मोटरसाइकलमा सवार अभियुक्त र मोटरसाइकल धनीको सम्बन्धमा छानविन भइरहेको उनले जानकारी दिए। प्रवक्ता कार्कीले भने, “आज शनिबार भएकाले बरामद सुन आइतबार राजस्व विभागको जिम्मा लगाउँछौं ।” बिस्कुटको आकारमा रहेको १० वटा टुक्रामा रहेको सो सुनको बजारमूल्य रु चार करोडभन्दा बढी पर्छ । रासस

महानगरीय प्रहरी सुन

विशेष