अपराध सुरक्षा

२० केजी ४०० ग्राम सालकको खपटासहित २ व्यक्ति पक्राउ

२० केजी ४०० ग्राम सालकको खपटासहित २ व्यक्ति पक्राउ
मंसिर–१९ । केन्द्रिय अनुसन्धान व्यूरो महाराजगंज र क्षेत्रीय अनुसन्धान समूह नेपालगंजबाट खटिएको टोलीले २० केजी ४०० ग्राम सालकको खपटासहित २ व्यक्तिलाई पक्राउ गरेको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा.नं.२ विशालनगरबाट कोहलपुर वडा.नं.२ बस्ने ३३ वर्षीय गणेश बहादुर बुढा र दार्चुला गोकुलेश्वर गा.वि.स वडा.नं. ७ बस्ने १९ वर्षीय धनी नाथलाई उक्त टोलीले पक्राउ गरेको हो । टोलीले निम्न व्यक्तिलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय कोहलपुर बाँकेमा बुझाएको छ । केन्द्रिय अनुसन्धान ब्युरोको प्रेस वेज्ञप्ति अनुसार उनीहरुले गरेको अपराध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०१९ को दफा २६ (२) तथा अनूसूची १ भिने पर्ने स्तधारी जन्तुमा पर्छ । संरक्षित वन्यजन्तु सालक मार्ने तथा गैरकानुनी रुपमा यसका अंगहरु खरिद बिक्रि, ओसार पोसार एवं तस्करी गर्नेलाई ४० हजारदेखि ७५ हजार रुपैयाँ सम्म जरिवाना वा १ देखि १० वर्ष कैद वा दुवै सजाय तोकिनेछ ।

banke salak

विशेष