अपराध सुरक्षा

आफुसँग बिबाह गर्न नमान्दा सालीलाई बिच सडकमै भिनाजुले चक्कु हाने

आफुसँग बिबाह गर्न नमान्दा सालीलाई बिच सडकमै भिनाजुले चक्कु हाने

मंसिर २० । बिबाहको प्रस्ताव अस्वीकार गरेको रिसको झोकमा आफ्नै भिनाजुले सालीमाथि चक्कु रोप्ने प्रयास छन् । घटना भारतको नागपुरको हो ।

३५ वर्षीय ज्यातिराम आवले २५ वर्षीया आफ्नी साली बन्दना डी. कावमाथि चक्कु हान्ने प्रयास गरेका हुन् । लामो समयदेखि विबाहको लागि ज्यातिरामले प्रस्ताव गर्दै आएपछि बन्दताले त्यसलाई अस्वीकार गर्दै आएकी थिइन् । नागपुरको झेँडा चोकमा स्कुरटरमा यात्रारत सालीमाथि उनले शुक्रबार बीच सडकमै चक्कु हान्न खोजेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार भिनाजुले सालीलाई रोकेर अकास्मात चक्कु निकालेर हान्न खाजेका थिए । तर, सालीले त्यसलाई छल्न पुगेपछि पटक पटकको आक्रमणको क्रममा शरीका विभिन्न स्थानमा चोट लागेको छ । पछि अरु सर्वसाधारण घटनास्थलमा पुगेर अभियुक्तलाई नियन्त्रणमा लिए । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर हत्या प्रयासको अभियोगमा मुद्दा चलाएको छ । अभियुक्तको श्रीमतिको मृत्यु भइसकेको छ ।

Death In india

विशेष