राष्ट्रपति कार्यालय दूरुस्तै तर नयाँ बनाइने
मंसिर २० । राष्ट्रपतिको कार्याल रहेको शीतल निवास नयाँ बनाइने भएको छ । पुरानै स्वरुपमा नयाँ निर्माण सामग्री प्रयोग गरेर चार वर्षभित्र निर्माण गरिसक्ने गरी सरकारले आइतबार परामर्शदातासँग सम्झौता गरेको छ ।
उपराष्ट्रपतिको कार्यालय र निर्वाचन आयोगको भवन भने पुनः सबलीकरण मात्र गरिने भएको छ । यसका लागि सरकारले आर्थिक एवं प्राविधिक प्रस्ताव माग गरेको छ । सहरी विकास मनलयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उपनिर्देशक सुरेश वाग्लेले राष्ट्रपति कार्यालय पुनर्निर्माणका लागि साझोदारीमा प्रस्ताव हाल्ने तीनवटा परामर्शदातालाई आइतबार छनोट गरिएको जानकारी दिए । अन्नपूर्ण पोस्ट्बाट