अपराध सुरक्षा

होटल व्यवसायी संघका अध्यक्ष सहित ११ जुवाडे पक्राउ

होटल व्यवसायी संघका अध्यक्ष सहित ११ जुवाडे पक्राउ

मंसिर २० । होटल व्यवसायी संघ झापाका अध्यक्ष सहित ११ जना जुवाडेलाई जुवाको खालबाट प्रहरीले नगद सहित पक्राउ गरेको छ ।  झापाको विर्तामोडस्थित सन्दीप होटलमा जुवा खेलाउने गरेको विशेष सूराकी आएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार राती ९ बजे होटलमा छापा मारेको हो ।

प्रहरीले मारेको छापामा होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेती, संघकै सदस्य टंक भेटवाल लगायत ११ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट नगद १ लाख ७५ हजार सहित १६ थान कौडा समेत बरामद गरिएको झापाका प्रहरी प्रवत्ता हरिप्रसाद शर्माले जानकारी दिए ।

पक्राउ परेका ११ जनालाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको छ । उनीहरुलाई जुवा ऐन अन्तरगत कार्वाही प्रक्रिया अघि बढाई जिल्ला प्रशासन कार्यालय झापा बुझाउने प्रहरी प्रवक्ता शर्माले दिए ।

kauda

विशेष