अपराध सुरक्षा

बर्दियाको एक बिद्यालयमा चोरी

बर्दियाको एक बिद्यालयमा चोरी
मंसिर  २० । बर्दियाको बबई नगरपालिका भुरीगाउँको बर्दिया एजुकेशनल एकेडमीबाट विद्यार्थी बस्ने बेन्च डेक्समा लगाईएको पटरा र विद्यालयको छानो छाउन कोठामा राखिएको यल्बेस्टर पाता चोरी भएको छ । विद्यालयमा विद्यार्थी बस्ने बेन्च डेक्सका १५ वटा पटरा र विद्यालयको छानो छाउन कोठामा राखिएको १५ वटा यल्बेस्टर पाता चोरी भएको विद्यालयका प्रिन्सिपल पुष्करराज लामिछानेले जानकारी दिए । विद्यालयमा चोरी भएको बारे जानकारी आएको छ, अनुसन्धान भईरहेको छ ईलाका प्रहरी कार्यालय भुरीगाँउका प्रहरी निरीक्षक शंकरदत्त भट्टले बताए ।

चोरी बर्दिया

विशेष