अर्थ

हवाई इन्धनको मूल्य लिटरमा ८ रुपैयाँले घट्यो

हवाई इन्धनको मूल्य लिटरमा ८ रुपैयाँले घट्यो
Nepal_Oil_Corporation_Ltd._ मंसिर – २० । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य लिटरमा ८ रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि निगमले अन्तर्रा्ष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न हवाई इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र ग्याससहित अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य लिटरको ८६ रुपैयाँ भएको छ । निगमले बाह्यतर्फ भने प्रतिकिलोलिटर ८१ डलर मूल्य घटाएको छ । बाह्यतर्फ एक किलोलिटर हवाई इन्धनको मूल्य ७ सय ५० डलर कायम भएको छ । इन्डियन आयल कर्पोरेशनले डिसेम्बरमा पठाएको नयाँ मूल्य अनुसार खाना पकाउने ग्यासमा निगमलाई नोक्सानी भएको छ । जाडोमा ग्यासको माग हुने भएकोले अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य पनि बढ्ने गर्छ ।

नेपाल आयल निगम हवाई इन्धन

विशेष