यौन-शिक्षा

मैले भन्दिए, ‘पहिले अन्तरवार्ता पूरा हेर्नुहोस्, त्यसपछि तपाईले नै प्रसंशा गर्न थाल्नुहुनेछ’

madan-rai-nepalaaja-01

मंसिर २१ ।  कृषिविज्ञ मदन राई यौन केन्द्रीत भिडियो अन्तर्वार्ताका कारण चर्चित छन् । नेपालसँगको अन्तर्वार्ता प्रकाशित भएसँगै उनमाथि आलोचना र प्रशंसाको दोहोरो बर्षा भइरहेको छ । नितान्त निजी तर सत्य विचार भन्दै राईले अन्तर्वार्ता दिएका थिए र आफु संलग्न भएको पार्टीसँग अन्तर्वार्तालाई नजोड्न आग्रह गरेका थिए ।

तर, विषय नयाँ शक्तिमा प्रवेश गरिहाल्यो । कल्पना धमलालगायतका नेतृहरुले चर्को आलोचना गरे । राई भन्छन्, ‘सत्य बोल्दा सुकरातलाई विष खुवाइयो, ग्यालिलियोलाई ढुंगा हानियो । म गोली खान तयार छु । मैले महिलाको पक्षमा बोलेको हुँ । मेरो अन्तर्वार्ता पूरै हेरेमात्र अर्थ बुझिन्छ ।’ राईका अनुसार अन्तरवार्ता आधा हेर्नेले आलोचना गर्ने गरेका छन् र पूरै हेरिसकेपछि आलोचना गर्नेले पनि प्रशंसा गर्न थालेका छन् ।

उनले यौनलाई कुनै एक व्यक्तिमा बन्धकी राख्न नहुने र स्वतन्त्र हुनुपर्ने भनि अभिव्यक्ति दिएका थिए । राई भन्छन्, ‘म समाजमा नयाँ बहश होस् भन्ने चाहन्छु । म आफ्नो अभिव्यक्तिबाट पछि हट्दिनँ । सत्य बोलेवापत आलोचना त के गोली थाप्न तयार छु ।’ केही नेतृहरुले आफ्नो आलोचना गरेको स्विकार गर्दै राईले भने, ‘मैले उहाँहरुलाई पहिला अन्तर्वार्ता पूरै हेर्नुहोस्, तपाईहरुले प्रसंशा गर्न थाल्नुहुनेछ भनेँ । आधा हेरेपछि कुराको अनर्थ लाग्छ ।’

यौनलाई अनावस्यकरुपमा कौतुहलपूर्ण र गोप्य राखिएकाले समाजमा पुरुष हावी भएको राईको ठहर छ । ‘महिलालाई पछाडि पार्ने विषय नै यौन हो । पुरुषलाई विगार्ने माध्यम नै यौन हो । यसका बारेमा खुला बहश नगरे समाज झन् बिग्रन्छ ।’ राई आफ्नो अभिव्यक्तिको औचित्य पुष्टि गर्दै भन्छन् ।

यौनका बारेमा केन्द्रीत रहेर पुस्तक लेख्दै गरेका उनले आफ्नो बहुसम्बन्ध भएको स्पष्ट बताएका थिए । शरीरलाई चंगा राखेमात्र मन पवित्र हुने उनको भनाइ थियो । उनीसँगको अन्तर्वार्ता तलको लिंकमा हेर्न सक्नुहुन्छ ।

madan rai

विशेष