पर्यटन

पर्यटन प्रवद्र्धनार्थ सबै संरचनालाई प्रभावकारी बनाइने

पर्यटन प्रवद्र्धनार्थ सबै संरचनालाई प्रभावकारी बनाइने
मंसिर - २१ । सरकारले पर्यटन प्रवद्र्धनका लागि सूचना प्रणालीको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटकीय गतिविधि प्रवद्र्धनका लागि मन्त्रालय र मातहत निकायबीच समन्वय गरी सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाइने बताए । नेपाल पर्यटन बोर्डमा आज पर्यटन पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री शाहीले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने आधार नै पर्यटन भएकाले यसका गतिविधिलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए। “मन्त्रालय मातहत निकायमा पर्यटनसम्बन्धी सूचना वितरणमा समस्या भएको गुनासो बढेको छ, यसलाई तत्काल सुधार गरी पर्यटन प्रवद्र्धनको कार्यमा सबै निकाय जिम्मेवारपूर्वक लाग्ने वातावरण बनाउँछु,” उनले भने । मन्त्री शाहीले मुलुकको पर्यटन क्षेत्रको सुधार गरी विदेशी पर्यटक आकर्षण गर्न पूर्वाधार विकासलगायत कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए। मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले मन्त्रालय र मातहत निकायको सूचना प्रणाली व्यवस्थापन र नियमित गर्न तत्कालै प्रवक्ताको बैठक राखी नियमित सूचना प्रदानको व्यवस्था गरिने बताए । पर्यटनसँग सम्बन्धित विवरणलाई थप व्यवस्थित बनाएर लैजान सरोकारवाला निकायलाई गतिशील बनाइने उनकाे भनाई थियाे । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले पर्यटकीय गतिविधिलाई प्रभावकारी प्रवद्र्धनका लागि मन्त्रालय लागिपरेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन बोर्डलाई गतिशील तुल्याइने बताए । रासस

जीवनबहादुर शाही पर्यटन

विशेष