अर्थ कर्पोरेट शेयर

निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार उक्लियो

निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार उक्लियो
मंसिर – २१ । साताको पहिलो र दोस्रो दिन निरन्तर ओरालो लागेको सेयर बजार मंगलवार उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ९ दशमलव ९१ अङ्कले उकालो लागेर परिसूचक १५५४ दशमलव ५१ अंकमा पुगेको हो । सुरुमा बजार ओरालो लागे पनि अन्तिम समयमा आएर उकालो लागेको थियो । सबैभन्दा बढी बिमा समूहको परिसूचक उकालो लागेको छ । बिमा समूहको परिसूचक १७७ दशमलव ९८ अंकले उकालो लागेको हो । कारोबार अवधिमा जलविद्युत समूहको परिसूचक भने ओरालो लागे छ । कारोबारमा जलविद्युत समूहको परिसूचक भने ६ दशमलव ०५ अङ्कले ओरालो लागेको हो । बाँकी समूहको कारोबारमा उकालो लागेको छ । यस्तै होटेल समूहको परिसूचक ५२ दशमलव ५२, बैंकिङ समूहको ६ दशमलव ०१, वित्त समूहको ५ दशमलव ४२, उत्पादन तथा प्रशोधन समूहको २ दशलमव ३३, डेभलपमेन्ट बैंक समूहको २ दशमलव २९ र अन्य समूहको परिसूचक शून्य दशलव ५७ अंकले उकालो लागेका छन् । १३६ कम्पनीको नौ लाख ४० हजार चार सय २१ कित्ता सेयर ७७ करोड १८ लाख १९ हजार तीन सय एक रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्से सेयर बजार

विशेष