अपराध सुरक्षा

६ किलो चरेससहित टर्किस नागरिक पक्राउ

६ किलो चरेससहित टर्किस नागरिक पक्राउ
मंसिर - २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो चरेससहित टर्किस नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार विमानस्थलको प्रस्थान कक्षबाट ४४ वर्षीय ओजगुर टानलाई पक्राउ गरेको हो । फ्लाइट नम्बर टिके ७२७ बाट टर्कीको स्तामबुल जान लागेका उनलाई चेकजाँच गर्दा सुटकेसको पिँधमा फल्स बटम बनाई लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त चरेस बरामद भएको ब्यूरोले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ लागुऔषध नियन्त्रण ब्यूरो

विशेष