अपराध सुरक्षा

एक युवतीको शङ्कास्पद मृत्यु

एक युवतीको शङ्कास्पद मृत्यु
मंसिर - २१ । सुनसरी नरसिंह–८ स्थित धानखेतमा मंगलबार शङ्कास्पद अवस्थामा एक युवतीको शव फेला परेका छन् । फेला परेको शव सुनसरी लौकही–२ का सिंहेश्वर यादवको अन्दाजी १६ वर्षीया छोरी राधाकुमारी यादवको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राधाको शव आफनै धान खेतमा शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । राधा बिहान ६ बजे घरबाट धान काट्नका लागि खेततर्फ गएकी थिइन् । घाँटीमा सल बेरिरहेको अवस्थमा शव फेला परेका कारण आफैँ मरेको वा कसैले मारेको हो, त्यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

युवतीको शव फेला सुनसरी

विशेष