बागमती किनार सुन्दर बनाउन १ अर्ब ६० करोड खर्च गरिँदैछ
मंसिर २२ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समतिले बागमतीको किनार सिँगार्न १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्दैछ । प्राचीन सभ्यताको मुहान बागमती वरपरको दुर्गन्धित क्षेत्र सुन्दर बनाउन समितिले यो रकम खर्चिन लागेको हो ।
एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोग र सरकारी लगानीमा पाँच वर्षे बागमती रिभर बेसिन इम्प्रभमेन्ट प्रोजेक्ट अन्तर्गत पहिलो चरणमा गोकर्ण ब्यारेजदेखि सिमनामंगल भत्केको पुल सम्म ७ दशव दुई किलोमिटर बामती किनार सुन्दर बनाउन विभिन्न काम भइरहकेो समितिका आयोजना उपप्रमुख योगेन्द्र चिकारले जानकारी दिए ।
समितिले पहिलो चरणमा गोकर्ण–सिनामंगल क्षेत्रका बामती किनार सुन्दर बनाउन ठेक्का दिइसकेको छ । ‘बागमती किनार सुन्दर बनाउन ठेक्का दिइसकिएको छ –उनले भने, काम पनि सुरु भइसकेको छ । समिति र ठेकेदार कम्पनी कालिका, ¥याकिङ र लामा जेभीबीच कात्तिक १९ गते १ अर्ब ६० करोड रुपैयाँको निर्माण सम्झौता भएको हो । नागरिक दैनिकबाट