यौन-शिक्षा

मालिक नाेकर्नीको यौन रोमान्स सुगाले बोलेपछि....

मालिक नाेकर्नीको यौन रोमान्स सुगाले बोलेपछि....

सुगा मानिसको बोलीको नक्कल गर्न निकै सिपालु हुन्छ र सुगाले यसरी नक्कल गरेर बोलेको सुन्दा मानिसलाई खुबै मज्जा आउँछ । तर, कुबेतमा एक व्यक्तिका लागि सुगाको यस्तो खुबी ठूलै संकटको कारक बनेको छ । कुवेतको एक स्थानीय अखबारका अनुसार उक्त पुरुषले आफ्नै घरमा काम गर्ने एक घरेलु कामदार महिलासँग अवैध यौनसम्पर्क गर्ने गरेको थियो तर उक्त कुरा उसकी श्रीमतीलाई थाहा थिएन । श्रीमतीको आँखा छलेर घरकी नोकर्नीसँग रोमान्स गरिरहँदा उनीहरू निकै अन्तरंग कुराकानी पनि गर्थे । त्यस्तो कुराकानी घरमा पालेको सुगाले नजिकै बसेर सुनिरहन्थ्यो ।

एकदिन जब ती व्यक्तिकी श्रीमती बाहिरबाट घर आइन् तब सुगा एकाएक बोल्न थाल्यो । सुगाले ती सबै कुरा गर्न थाल्यो जो केहीबेर अघि घरमालिक र नोकर्नीबीच रोमान्सका वेला बोलिएका थिए । मालिक्नीले जब सुगाको मुखबाट यस्ता रोमान्टिक कुरा सुनिन् तब उनलाई अनौठो लाग्यो ।

उनलाई आफ्नो लोग्ने घरकै नोकर्नीसँग सल्किएको कुरामा पहिलेदेखि नै शंका थियो । त्यसैले सुगाका त्यस्ता कुरा सुन्दा उनलाई दुईबीचको नाजायज सम्बन्ध यकिन भयो । त्यसपछि उनी आफ्नो सुगालाई प्रमाणको रूपमा लिएर उजुरी गर्न पुलिस चौकीमा गइन् ।

विडम्बना कसुरवाला लोग्नेको भाग्य बलियो रहेछ । पुलिसले सुगाको बोलीलाई सबुत प्रमाणको रूपमा लिन नसकिने बतायो । सुगाले घरमालिक र नोकर्नीबीचको रोमान्सकै वेला ती कुरा सुनेको भनेर अदालतमा प्रमाणित गर्न नसकिने जिकिर पुलिसको छ । सुगाले कुनै फिल्म वा भिडियोमा देखेर पनि त्यस्तो बोलेको हुन सक्ने भएकाले सुगाको बोलीलाई नै प्रमाणको रूपमा लिन नसकिने पुलिसको भनाइ छ ।

Kubeit malik Norkni

विशेष