अर्थ कर्पोरेट

म्याग्दीको सुन्तलाको माग बढ्याे

म्याग्दीको सुन्तलाको माग बढ्याे
मंसिर - २२ । म्याग्दीको सुन्तलाको पोखरा र काठमाडाैँमा माग अत्यधिक बढेको छ । जिल्ला बाहिरबाट माग आउन थालेपछि किसानलाई बिक्री गर्न भ्याइनभ्याई छ । अन्यत्र जिल्लाबाट माग आएपछि उनीहरु उत्साहित भएका हुन्। बेनी नगरपालिका– १३ बास्कुना, भकिम्ली, मरेक, राखु, बरङ्जालगायतका ठाउँको सुन्तला बढी स्वादिलो भएका कारण बजारमा बढी माग रहेको बास्कुनाका सुन्तला कृषक वीरबहादुर थापाले बताए । बास्कुनाबाट सोमबारसम्म १० मेट्रिक टन सुन्तला पोखरा र काठमाडौँ पठाइएको छ । गत वर्ष बास्कुनाबाट रु १६ लाखको सुन्तला बिक्री भएको थियो । किसानले बोटबाटै प्रतिकिलो रु ७० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । बास्कुना, भकिम्लीको मरेक, राखु, बरङ्जा, ताकम, बिम, मुदी, घार, हिस्तान, दोवा, नारच्याङ गाविस सुन्तला उत्पादनका पकेटक्षेत्र रहेका जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत भोजबहादुर थापा बताए । यहाँका किसानले सुन्तलाबाट वार्षिक रु ४० हजारदेखि रु ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । गत वर्ष जिल्लामा रु सात करोड ३० लाख १० हजार बराबरको दुई हजार ८६ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ । रासस

म्याग्दी सुन्तला

विशेष