अर्थ कर्पोरेट

स्काईवर्थको नयाँ 'राइस कुकर' नेपाली बजारमा, यस्ता छन् विशेषता

स्काईवर्थको नयाँ 'राइस कुकर' नेपाली बजारमा, यस्ता छन् विशेषता
मंसिर – २२ । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ 'स्काईवर्थ राइस कुकर' बजारमा ल्याएको छ । नेपाली बजारमा एप्लाएनसेस्ले स्काईवर्थ इलेक्ट्रोनिक्स्का राइस कुकरका दुई मोडलहरु बजारमा ल्याएको हो । दुई मोडलहरु मध्ये RC2200 ९०० वाट पावर भएको २२०–२४० भोल्टको राइस कुुकुर हो, जसको क्षमता २.२ लिटर रहेको छ । त्यस्तै, RC3200 मोडलमा १००० वाट पावर, २२०–२४० भोल्ट, ३.२ लिटर क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । दुवै प्रोडक्टहरु आकर्षक डिजाइनका साथै विभिन्न फिचर्सहरुका साथ बजारमा उपलब्ध छन् । यस कुकुरको कुक र वार्म प्रणाली, नन्–स्टिक एलुमिनियम इन्नर पट, एलुमिनियम हिटिङ्ग प्लेट तथा उच्च तापक्रमबाट सुरक्षा रहेको कम्पनीले जनाएको छ । उक्त दुई उत्पादनहरुले अब ग्राहकहरुलाई अझै बढि विकल्पहरु तथा सुपथ मूल्यमा गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका प्रोडक्टहरु प्रदान गर्ने कुरामा कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एप्लाएनसेस् स्काईवर्थ

विशेष