अर्थ कर्पोरेट

नेपाली बजारलाई मध्यनजर गरेर स्मार्ट एप्लाएनसेस्ले ल्यायो स्काईवर्थको नयाँ ‘भ्याकुमक्लिनर’ बजारमा

नेपाली बजारलाई मध्यनजर गरेर स्मार्ट एप्लाएनसेस्ले ल्यायो स्काईवर्थको नयाँ ‘भ्याकुमक्लिनर’ बजारमा
मंसिर – २२ । नेपालकालागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ मोडलका “भ्याकुमक्लिनर” बजारमा ल्याएको छ । कम्पनीले भर्खरै बजारमा निकालेको राइस कुकर, माइक्रोवेभ ओभन, डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको वाशिङ्ग मेशिनका साथै नयाँ मोडलका भ्याकुमक्लिनरको सूचि पनि थपेको हो । ग्राहकहरुलाई कमभन्दा कम मूल्यमा बढि विकल्पहरु तथा गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको प्रोडक्ट प्रदान गर्ने लक्ष्य अनुरुप उक्त प्रोडक्टलाई कम्पनीले बजारमा ल्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विशेषता आकर्षक डिजाइन तथा स्टाइलिश प्रस्तुतिका साथै उक्त प्रोडक्टमा ग्राहकहरुलाई अन्य विभिन्न किसिमका फिचर्स पनि रहेका छन् साइक्लोनिक फिल्टर सिस्टम, १२० वाटभन्दा बढिको शक्तिशाली सक्सनपावर, अटोमेटिक कर्ड रि–वाइन्डर तथा स्पीड कन्ट्रोल सिस्टम रहेको छ । स्काईवर्थ भ्याकुम क्लिनरहरुको १६०० वाट पावर र २२०–२४० भोल्टका साथै मेटल टेलिस्कोपिक ट्यूब, १.५ मिटर होज, र ४ मिटर लामो केबलका साथ बजारमा उपलब्ध छ ।

भ्याकुमक्लिनर स्काईवर्थ इलेक्ट्रोनिक्स् स्मार्ट एप्लाएनसेस्

विशेष