अर्थ

केरुङ जोड्ने सडकमा सुरुङ खन्ने तयारी

केरुङ जोड्ने सडकमा सुरुङ खन्ने तयारी

मंसिर २४ । काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ ।

सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्टक्टर इन्भेस्टमेन्ट बैंकमा प्रस्ताव पेश गरेको छ । अर्थ मन्त्रालयले सुरुङमार्ग निर्माण गर्न चीनको बेइजिङस्थित एआईआइबीमा प्रस्तावनपत्र पेस गरेको हो । असार पहिलो साता पेस गरिएको प्रस्तावअनुशार एआइआइबीले लगानीको निर्णय गरेमा सुरुङमार्ग निर्माणको थप प्रक्रिया छिटै अघि बढ्ने भौतिक पूर्वाधार मन्त्रालयको वैदेशिक सहयोग महाशाख प्रमुख विष्णुओम बादेले बताए । नयाँ पत्रिकाबाट

विशेष