२७ वर्षपछि एक अभियुक्त पक्राउ

मंसिर - २५ । ज्यान मारेको अभियोगमा फरार एक अभियुक्तलाई प्रहरीले आज दसेरा– ८ थलह बजारबाट २७ वर्षपछि पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जाजरकोट साल्मा– ९ का ६२ वर्षीय प्रेमबहादुर थापा रहेका छन् । जिल्ला अदालत जाजरकोटले ज्यान मारेको अभियोगमा उनलाई २०४७ साल वैशाख ७ गते बीस वर्ष कैद सजाएको फैसला गरेको थियो ।
थापालाई कैद भुक्तानीका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रासस
जाजरकोट
जिल्ला अदालत