अर्थ कर्पोरेट

औद्योगिक ग्राम स्थापनाका लागि स्थलगत अध्ययन

औद्योगिक ग्राम स्थापनाका लागि स्थलगत अध्ययन
मंसिर - २५ । औद्योगिक ग्राम स्थापनाका लागि स्थलगत अध्ययन सुरु गरिएको छ । विभिन्न स्थानमा छरिएर रहेका घरेलु तथा साना उद्योगलाई एउटै थलामा ल्याएर एकीकृत रुपमा सञ्चालन गर्ने उद्देश्यले स्थापना गर्न लागिएको औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन सुरु गरिएको हो । औद्योगिक ग्रामका लागि आवश्यक पर्ने जग्गा, पानी, विद्युत् र सहरीकरणको सम्भावनाका विषयमा अध्ययन थालिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ खोटाङका अध्यक्ष रामबहादुर राईले बताए। नेपाल सरकारको लगानीमा स्थापना गर्न लागिएको औद्योगिक ग्रामका लागि दिक्तेल नगरपालिकाको वात्तल र तालखर्क तथा पाथेका गाविसको ठूलोबारी आसपासको सम्भाव्यता अध्ययन गरिएको छ । पिकासो कन्सलटेन्सी प्रालि काठमाडौँका इ मण्डु अधिकारीसहितको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदन कार्यालयमार्फत उद्योग मन्त्रालयमा पठाइने घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय खोटाङका निमित्त प्रमुख दिनेशकुमार राईले जानकारी दिए । रासस

औद्योगिक ग्राम घरेलु तथा साना उद्योग

विशेष