अपराध सुरक्षा

जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति लिएर भाग्दै गरेका सिंह प्रहरीको गोलीबाट घाइते

जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति लिएर भाग्दै गरेका सिंह प्रहरीको गोलीबाट घाइते
मंसिर - २५ ।  जुम्लाको चन्दननाथ मन्दिरको मुर्ति लिएर भाग्दै गरेका समुह माथी बर्दिया प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । बर्दिया बाँसगढी ११ का ४७ वर्षिय रामबहादुर सिँह र जाजरकोट सिमा ९ की ३७ वर्षिया राधिका सिँहले जुम्लाको चन्दननाथ मन्दिरको वुद्धको मुर्ति लिएर मैनापोखर बजार नजिक डेउडाकला जंगल हुँदै भाग्दै गर्दा प्रहरीले गोली चलाउँदा रामबहादुर सिँह घाईते भएको बर्दियाका प्रहरी प्रमुख एसपी भरत बहादुर बोहोराले बताए। सिंहको घुँडामा गोली लागेको र उपचारका लागि नेपालगंज लगिएको उनले बताए । जुम्लाको चन्दननाथ मूर्ति चोरी भएको घटनामा अनुसन्धानमा खटिएको सुरक्षाकर्मीको टोलीले मुर्ति तस्करहरु डेउडाकला जंगलमा भाग्न थालेपछी प्रहरीले गोली चलाएको हो । मुर्ती चोरी गरी त्यस क्षेत्रमा ल्याएको शंकाको आधारमा क्षेत्रीय अनुसन्धान टोली र सिआईबिको टोलीले जंगल सर्च गर्ने क्रममा मुर्ति तस्करले प्रहरीलाई लक्षित गरी गोली प्रहार गर्न सक्ने भन्दै तस्करहरु भाग्दै गर्दा प्रहरीले गोली चलाएको एसपी बोहोराले बताए। तस्कर समुहका घाईते रामबहादुर सिँह सहित राधिका सिँहलाई वुद्धको मुर्ति सहित प्रहरी नियन्त्रणमा लिएको छ । गोली चलेपछी त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ ।

चन्दननाथ मन्दिर बर्दिया

विशेष